Sadarline
२०८३ असोज २७ , मंगलबार

राष्ट्रिय युवा संघ बाँकेले विपद्मा उद्दारका लागि आफ्ना कार्यकर्ता परिचालन गर्ने



नेपालगञ्ज : एमाले निकट राष्ट्रिय युवा संघ, बाँकेले जिल्लामा आईपर्ने विपद्मा उद्दारका लागि आफ्ना कार्यकर्तालाई परिचालन गर्ने तयारी गरेको छ ।

शनिवार संघका अध्यक्ष तिलकवीर सुनारको अध्यक्षतामा बसेको बैठकले बर्षतको समयमा हुन सक्ने विपतमा खटिन आफ्ना वडास्तरसम्मका कार्यकार्तालाइ परिचालन गर्ने तयारी गरेको हो ।

युवा संघ बाँकेका अध्यक्ष सुनारको अध्यक्षतामा बसेको बैठकले बाढी र डुबानबाट हुन सक्ने कुनै पनि अबस्थामा युवा संघका कार्यकर्ता उद्दार तथा सहयोग गर्नका लागि तम्तयार रहन आग्रह गरेको छ ।

युवा संघका स्थायी कमिटी सदस्य तथा बाँके जिल्ला इन्चार्ज खेमराज शर्माको प्रमुख आथित्यमा भएको बैठकले युवा संघ बाँकेका पूर्व अध्यक्ष डम्बर थापाको असामयिक निधनप्रती दुख व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।

बैठकमा युवा संघ बाँकेका पदाधिकारी, नगर तथा गाउँपालिकाका संयोजकहरुको सहभागिता रहेका थिए । अध्यक्ष सुनारका अनुसार कोभिड विरुद्धको खोप हरेक बाँकेबासी माझ पुर्याउन केन्द्रिय सर्कुलर बमोजिम बाँकेका ८१ वडामा युवा संघ परिचालन हुने युवा संघ बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार ५ गते शनिबार
ताजा समाचार