२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ६१ वटा नमुना परीक्षण गर्दा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीको प्रयोगशालमा ३६ नमुना परीक्षण गर्दा ६ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा २५ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएका हो ।

तीमध्ये बाँकेका १ जनामात्रै रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । पछिल्लो २४ घण्टामा ८ जना डिस्चार्ज भएका छन् ।

बाँकेमा अहिलेसम्म ८३ हजार ६ सय ६९ जनाको पीसीआर परीक्षण सम्पन्न भएको छ ।

प्रकाशित मिति : २०७८ असार १२ गते शनिबार
ताजा समाचार