२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या बढ्दै



नेपालगञ्ज : कोरोना भाइरस संक्रमण तीब्ररुपमा फैलिएको बाँकेमा संक्रमणबाट निको भएर डिस्चार्ज हुनुेहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । आइतवार बाँकेका विभिन्न आइसोलेशनमा उपचाररत ३०५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

१४ महिने बालकसहित १४२ जना महिला र १६३ पुरुष गरि ३०५ जना कोरोनामुक्त भई डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

शनिवार २५० जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका थिए । बाँकेमा अधिकांश संक्रमित होम आइसोलेशनमा बसेका छन् ।

प्रकाशित मिति : २०७८ वैशाख १९ गते आइतबार
ताजा समाचार