२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

दोषीलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीद्धारा आन्दोलन



नेपालगञ्ज : भेरी अस्पतालका चिकित्सक र नर्स आन्दोलनमा उत्रिएका छन् । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको विषयलाई लिएर विरामीका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको घटनाको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् ।

विरामीका आफन्तको आक्रमणबाट ज्यान जोगाउन डा. चन्द्रप्रकाश साहु, नर्सहरु सदिक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विन गुरुङले पहिलो तलाबाट हामफालेर ज्यान जोगाएका थिए ।

आफ्नो ज्यानको बाजी लगाएर कोभिड विरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नर्सिङ संघ बाँकेले अस्पताल परिसरमै प्रदर्शन गरेको हो ।

दाङका डिल्ली रावतको उपचारका क्रममा बिहीवार राती ८ बजे अस्पतालमा मृत्यु भएको थियो । विरामीका आफन्तहरुले चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाएका छन् । त्यही आक्रोशमा उनीहरुले आइसीयुमा प्रेश गरी तोडफोड गर्नेदेखि स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

प्रकाशित मिति : २०७८ जेठ १४ गते शुक्रबार
ताजा समाचार