२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोरोनाबाट बाँकेमा ३ जनाको ज्यान गयो



नेपालगञ्ज : बाँकेमा उपचाररत थप ३ जना कोरोना संक्रमित बिरामीहरुको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत गुलरिया ७ बर्दियाकी ४६ बर्षीया महिला, बर्दिया बाँसगढी नगरपालिकाका ६८ बर्षीय पुरुषको गएराती क्रमश १० बजे र ११ः५० बजे मृत्यु भएको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।

त्यस्तै नेपालगञ्ज १९ का ५१ बर्षीय पुरुषको आज बिहान ७ बजे भेरी अस्पतालमामा मृत्यु भएको छ ।

यो संगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८८ र बाहिरी जिल्लाको मृतकको संख्या १४१ पुगेको छ ।

प्रकाशित मिति : २०७८ वैशाख २७ गते सोमबार
ताजा समाचार