२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोरोना संक्रमणका कारण २० वर्षिया किशोरीको मृत्यु




नेपालगञ्ज  : कोरोना संक्रमणका कारण सोमबार नेपालगञ्जको भेरी अस्पतालमा उपचारत २० बर्षिया किशोरी अनिशा वलीको मृत्यु भएको छ । उनी पेशाले स्टाफ नर्स हुन ।

उनले बैशाख १ गते नेपालगञ्जको बागेश्वरी ल्याबमा पिसिआर जाँच गराई नतिजा पोजेटिभ आएलगत्तै अस्पताल भर्ना भएकी थिईन ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्ट डा. प्रकाश थापाका अनुसार दांग तुल्सीपुर वडा नम्बर ६ निवासी अनिताको कोरोना संक्रमणका कारण गम्भीर भई भेरी अस्पतालमा उपचार भइ रहेकोमा सोमबार विहान १० बजे मृत्यु भएकोे हो ।

दांगको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्स अनिताको आमा पनि कोरोना संक्रमणबाट गम्भीर बिरामी भई अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ वैशाख ६ गते सोमबार
ताजा समाचार