२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार
कोरोना कहर : 

भेरी अस्पतालमा १ सय ४० भर्ना, ३६ गम्भीर, ५ भेन्टीलेटरमा




नेपालगञ्ज  : नेपालगञ्जको भेरी अस्पतालमा कोरोना संक्रमणको कारण उपचारको लागि १ सय ४० संक्रमित भर्ना भएका छन् । यी मध्ये ३६ जनाको अवस्था गम्भीर रहेको छ भने ५ जनालाई भेन्टीलेटरमा रखिएको छ ।

नेपालगञ्ज उपमहानगर क्षेत्र भित्रमात्र आजका मितिमा ७ सय ३५ जना संक्रमित रहेका मध्ये नेपालगञ्जको भेरी अस्पतालमा ५६ महिला र ८४ पुरुष गरी १ सय ४९ जना उपचारको लागि भर्ना भएको कोभिड–१९ संकट व्यवस्थापन बाँकेका फोकल पर्शन तेज ओलीले जनाए अनुसार ३६ जना गम्भीर अवस्थाका र ५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

कोरोना संक्रमणको हटस्पट बनेको नेपालगञ्ज उपमहानगर क्षेत्रभरी स्थानीय प्रशासनले बैशाख ८ गते (आज) राती १२ बजेदेखि बैशाख १५ गते राती १२ बजेसम्म लकडाउन घोषणा गरेको छ ।

संक्रमणको साङ्लो तोड्न लकडाउन गर्नु परेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष शिबराम गेलालद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७८ वैशाख ८ गते बुधबार
ताजा समाचार