२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

नरैनापुरमा हात्तिपाईलेबिरुद्धको आमऔषधि खुवाउने राष्ट्रिय अभियान तयारी तीब्र




नरैनापुर (बाँके) : हात्तिपाईले बिरुद्धको आम औषधि खुवाउने राष्ट्रिय अभियान सफल पार्नका लागि बाँकेको नरैनापुर गाउपालिकाले पालिकास्तरिय योजना तथा बहुनिकाय गोष्ठी बिहीबार सम्पन्न गरेको छ ।

यहि चैत २० गतेबाट देशभर खुवाईने सो औषधि नरैनापुरमा ४० हजार ८ सय ४३ हात्तिपाईले बिरुद्धको औषधि खुवाईदै छ । जसमध्ये ११ हजार ८ सय ९४ जना २ देखि १४ बर्ष उमेर समुहका छन् भने १५ बर्ष माथि उमेर समुहका २८ हजार ९ सय ४९ जना रहेका छन् ।
कार्यक्रममा हात्तिपाईले बिरुद्धको औषधि सेवन गर्ने तरिका, यसको असर बारे लक्षमणपुर स्वास्थ्य केन्द्रका प्रमुख मेडिकल अधिकृत सागर पन्तले जानकारी गराएका थिए ।

नरैनापुुर स्वास्थ्य शाखाका संयोजक नागेन्द्र कुमार शाहको सहजिकरण तथा नरैनापुर–३ का वडा अध्यक्ष राजकुमार मौर्यको अध्यक्षतामा सम्पन्न गोष्ठीमा नरैनापुर गाउपालिकाका कार्यकारी प्रमुख महेन्द्रजंग शाहीले पालिकामा औषधि सेवनको लागि सबै जनप्रतिनिधिको दायित्व रहेको भन्दै सबैको सहभागितालको लागि आग्रह गरे । कार्यक्रममा पालिकाका स्वास्थ्यकर्मी, सबै शाखाका शाखा प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७७ चैत १९ गते बिहीबार
ताजा समाचार