२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

भेरीको परीक्षणमा २३३ मा कोरोना पुष्टि



नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेसहित अन्य जिल्लाका गरी २३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

बैशाख १३ गते संकलन गरिएका २८८ जनाको स्वाबको नमुना जाँच गर्दा बुधबार २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमध्ये, १३९ जना पुरुष र ९४ जना महिला रहेका छन ।

संक्रमितहरु बाँकेका २०८ जना, बर्दियाका १३ जना, कैलालीका २ जना, दाङका २ जना र अन्य जिल्लाका ८ जना रहेको अस्पतालले जनाएको छ ।

बाँकेका २०८ संक्रमितमध्ये १८२ जना नेपालगञ्ज उपमहानगरपालिका भित्रका रहेका छन् ।

प्रकाशित मिति : २०७८ वैशाख १५ गते बुधबार
ताजा समाचार