नेपालगञ्ज : बाँकेमा थप एक जनाको पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजनाथ गाउँपालिका वडा नम्बर ६ का ५६ बर्षीय पुरुषको मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
उनको बुधवार दिउँसो २ बजे मृत्यु भएको हो । यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ ।
प्रकाशित मिति : २०७८ वैशाख १५ गते बुधबार












प्रतिक्रिया दिनुहोस्