जमुनाहा नाकामा हेल्थडेस्क स्थापना

सदरलाइन संवाददाता ९ चैत्र २०७७, सोमबार १७:१७
 

नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकामा सुविधा सम्पन्न हेल्थडेस्क निर्माण गरिएको छ । भारतका विभिन्न राज्यमा कोरोना सङ्क्रमण बढेपछि स्वास्थ्य सतर्कता बढाउँदै नाकामा ल्याव सहितको सुविधा भएको हेल्थडेस्क सञ्चालन गरिएको हो ।

नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले हेल्थडेस्कमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मेकिडल अधिकृतसहित ६ जना कर्मचारीको दरबन्दी कायम गरेको जानकारी दिए । तिमध्ये ल्याव टेक्निसियन २ जना, नर्सिङ स्टाफ २ जना र पारामेडिक्स २ जना नाकामा खटिसकेका छन् । विगतमा उपमहानगरपालिका आफैले हेल्थडेस्क सञ्चालन गरेकोमा अब महाशाखाबाट सहयोग प्राप्त भएपछि सेवा प्रभावकारी हुने चन्दले बताए ।


नाका हेल्थडेस्कको स्थायी संरचना निर्माण सम्पन्न नहुञ्जेलसम्म तत्काल काम सुरु गर्नका लागि स्वास्थ्यका लागि सक्षम प्रणाली नेपालले त्रिपाल, ट्याब लगायतको सहयोग गरेको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाह, स्वास्थ्य शाखा प्रमुख चन्द, स्वास्थ्यका लागि सक्षम प्रणालीका प्राविधिक सल्लाहकार सावित्री भट्ट, उपमहानगरपालिकाका वीरेन्द्र रावत सहितको टोलीले सोमबार हेल्थडेस्क सञ्चालन लगायतका विषयमा जमूनाह नाकामा पुगेर तयारीबारे आवश्यक जानकारी लिएको छ ।

Next Post

धम्बोझी हार्दा कैलाली र धादिङ्ग बराबरीमा

९ चैत्र २०७७, सोमबार १७:१७
नेपालगञ्ज : नेपालगञ्ज रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सोमबार सैनिक युथ क्लब झापाले घरेलु टोली धम्बोझी क्लब बाँकेलाई ३–२ ले पराजित गरेको छ । अर्को खेलमा  स्टार सिटी युथ क्लब कैलालीलाई धादिङ समाज धादिङले १–१ को बराबरीमा रोकेको छ । खेलको अन्तिममा मिनेटमा दिपक राज सिंह ठकुरी गोल गरेपछि […]

ताजा अपडेट