२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोरोना संक्रमणबाट बाँकेकी एक महिलाको मृत्यु



नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर वडा नं. १४ की ६८ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा सोमवार अपरान्ह मृत्यु भएको हो ।

माघ १० गते पीसीआर रिपोर्ट पोजेटिभ आएपछि सोही दिन अस्पतालमा भर्ना भएकी ती महिलाको रोगको प्रकृतिअनुसार उपचार गर्दा समेत उनको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै कोरोना संक्रमणबाट बाँकेमा ५३ जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमबार
ताजा समाचार