२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कटकुईया स्वास्थ्य चौकी निर्माणमा सूचना बोर्ड नराखिएको गुनासो



नरैनापुर ( बाँके) : बाँकेको नरैनापुरको वडानं. १ कटकुईयामा निर्माण गरिएको स्वास्थ्य चौकी भवन निर्माण मर्मत तथा नविकरण कार्यक्रमको सार्वजनिक सुनुवाई गरिएको छ ।

नरैनापुर स्वास्थ्य शाखाका संयोजक नागेन्द्रप्रसाद शाहको अध्यषतामा सम्पन्न सो सार्वजनिक सुनुवाई कार्यक्रममा नवजात शिशु तथा वालबालिका स्वास्थ्य परियोजना अन्तरगत आड्रा नेपालको सहयोगमा ईन्रुडेकले भ्याटसहित २१ लाख ११ हजार १ सय ३३ रुपैयामा निर्माण गरेको जानकारी गराईएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य चौकी निर्माणको बारेमा बजेट, लागत स्टेमेट, सुरु कहिले गर्ने सम्पन्न कहिले गर्ने जस्ता जनाकारी दिने सूचना बोर्ड नराखिएको विषयमा जानकारी मागिएको थियो ।

नरैनापुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बहादुर शाहीले भौतिक पूर्वाधार मात्र विकासको सूचक नभई स्वास्थ्य तथा शिक्षा पनि विकासको सूचक भएको बताउदै बिकट स्थानको पूर्वाधार विकासमा सहकार्य निरन्तर गर्न आग्रह गरे । उनले पारदर्शिताको कुरालाई ध्यानमा राखेर निर्माण स्थलमा सूचना बोर्ड अनिबार्य राख्नु पर्ने प्रावधानलाई अवलम्बन गर्न निर्देशन समेत दिए ।

कार्यक्रममा ईन्रुडेकका फिल्ड ओभरसियर शेरसिंह चौधरीले आयोजना निर्माणको बारेमा जानकारी गराएका थिए । उनले निर्माणमा खर्च भएको बजेटको बारेमा जानकारी गराए पनि कुन शिर्षकमा के कती बजेट खर्च भएको भन्ने जानकारी पनि गराएनन ।

आड्रा नेपालका तर्कबहादुर थापाले समग्र आयोजनाको बारेमा आफ्नो धारणा राखेका थिए । नरैनापुर गाउपालिका स्वास्थ्य शाखा प्रमुख शाहले नरैनापुरको कटकुईया जस्तोे स्थानमा बर्थिङ्ग सेन्टरको मर्मत तथा स्वास्थ्य चौकी निर्माणमा सहकार्य गर्ने संस्थाहरुलाई धन्यबाद दिए ।

 

प्रकाशित मिति : २०७७ पुस २४ गते शुक्रबार
ताजा समाचार