२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा खजुरा अस्पतालको अवलोकन



खजुरा (बाँके) : नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खजुरा गाँउपालिकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अवलोकन गरेका छन् । बुधवार विहान मन्त्री ज्ञवालीले सो अस्पताल अवलोकन गरेका हुन् ।

सो अवसरमा वोल्दै मन्त्री ज्ञवालीले बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले लुम्बिनी प्रदेशका जनतामात्र नभई कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र सिमा नजिकका भारतीयहरुलाई समेत सेवा दिन सकेकोमा अस्पतालका कर्मचारी र अस्पताल विकास समितिलाई धन्यवाद दिए ।

स्वास्थ सेवा जस्तो मानवीय सेवा गर्नका लागि कुनैपनि सिमाले फरक नपार्ने जिकिर गर्दै उनले अस्पतालका लागि थप सहयोग सरकारले गर्ने आश्वासनसमेत दिए । सरकारले क्यान्सर अस्पतालमा थप सेवा सञ्चालनका लागि आवश्यक सहयोग गर्ने बताउँदै मन्त्री ज्ञवालीले खजुरा क्यान्सर अस्पतालले सञ्चालन गरिरहेको सेवा तथा सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका सम्बन्धमा जानकारी लिए ।

सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष भक्तवहादुर केसी, प्रमुख डा. कृष्ण आचार्य, पुर्ब अध्यक्ष किस्मतकुमार कक्षपति लगायतले अस्पतालको सेवाबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : २०७७ माघ १४ गते बुधबार
ताजा समाचार