२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोरोना संक्रमणबाट बाँकेकी थप एक महिलाको मृत्यु



नेपालगञ्ज : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ की ८० वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बिहीवार राती साढे ११ बजे मृत्यु भएको हो ।

स्वास्थ्य समस्या भएपछि पुष २६ गते मेडिकल कलेज नेपालगञ्जमा भर्ना भएकी उनको भोली पल्ट कोरोना रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पताल रिफर गरिएको थियो ।

रोगको प्रकृतिअनुसार सबै किसिमको उपचार गर्दापनि उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि राती मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै कोरोना संक्रमणबाट बाँकेमा ४९ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रबार
ताजा समाचार