२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

नगरप्रमुख रावतसहित परिवारका चारजनामा कोरोना संक्रमण




कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाका नगरप्रमुख लुटबहादुर रावत कोरोना संक्रमित भएका छन । जनकार्यमा निरन्तर रहेका नगरप्रमुख रावतलाई सोमबार मात्र कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

गत पुस २८ गतेदेखि सामान्य रुघाखोकी देखा परेको नगरप्रमुख रावतले आईतबार स्वाब जाँचको लागि नमुना दिएकोमा सोमबार मात्र आफुलाई कोरोना पुष्टि भएको सचिवालयलाई जानकारी गराएको कोहलपुर नगरपालिका नगरकार्यपालिका सदस्य भिमबहादुर नेपालीले जानकारी दिए ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै होम आईशोलेशनमा बसेर स्वास्थ्य लाभ लिईरहेको कार्यपालिका सदस्य भिमबहादुर नेपालीले जानकारी दिए । नगरप्रमुख रावत संगै उनकी जीवन संगिनी, छोराबुहारी समेतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोहलपुर नगरप्रमुख रावत कोरोना संक्रमित भएको जिल्ला कोभिड–१९ फोकल पर्शन तेज ओलीले समेत पुष्टि गरेका छन ।

 

प्रकाशित मिति : २०७७ माघ ५ गते सोमबार
ताजा समाचार