२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोरोनाबाट बाँकेमा थप दुई जनाको मृत्यु



नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । रोल्पा र दाङका एकएक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

रोल्पाको रोल्पा नगरपालिका ४ लिवाङकी ४२ बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतवार विहान साढे तीन बजे र दाङको बबई गाउँपालिका वडा नम्बर ६ की ८० बर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा विहान साढे ६ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

यो संगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ८२ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ पुस २६ गते आइतबार
ताजा समाचार