२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

भेरीको परीक्षणमा सोह्र संक्रमित थपिए



नेपालगञ्ज : भेरीको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जले बुधवार जारी गरेको विवरणअनुसार बर्दियाका ८० वर्षीय बृद्धसहित १६ जनामा कोरोना पुष्टि भएको हो ।

बर्दियाका ५, दाङका १ र बाँकेका १० जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ । अस्पतालले हालसम्म ५१ हजार ६ सय ८१ जनाको परीक्षण गर्दा ४ हजार ९ सय ९६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७७ पुस ८ गते बुधबार
ताजा समाचार