२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा शनिवार २६ जना कोरोनामुक्त



नेपालगञ्ज : बाँकेमा शनिवार २६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका १५ पुरुष र ११ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ९ सय ३६ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका १ सय ७० जना रहेका छन् ।

हालसम्म बाँकेमा ४ हजार १ सय ४५ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ४० जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ मंसिर २७ गते शनिबार
ताजा समाचार