२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

भेरी अस्पताललाई बिग्रुपले दियो ५० हजार फेसशिल्ड




नेपालगञ्ज : भेरी बाताबरणिय बिशिष्ठता समुह बि ग्रुपले केयर नेपालसंगको साभेदारीमा भेरी अस्पतालको कोभिड वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाको लागि आवश्यक पर्ने फेसशिल्ड उपलब्ध गराएको छ ।

कोभिड–१९ प्रतिकार्य कार्यक्रम अन्तरगत बिग्रुपले विभिन्न गतिविधि सञ्चालन गर्दैै आएको छ । सोही क्रममा पछिल्लो पटक भेरी अस्पताललाई ५० हजार थान फेसशिल्ड हस्तान्त्रण गरेको हो ।

भेरी अस्पताल परिसरमा आयोजित कार्यक्रममा सो सामाग्री ब्रिग्रुपका सचिव टेकबहादुर पुनले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग र भेरी अस्पतालका मेसु डा. प्रकाशबहादुर थापालाई हस्तान्त्रण गरेका थिए ।

सो स्वास्थ्य समाग्री ग्रहण गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले सबैको सहयोग र सहकार्यले मात्र कोभिड–१९ लाई परास्त गर्न सकिने भएकोले सहकार्य आवश्यक रहेको औल्याउदै बिग्रुपलाई धन्यबाद समेत दिए ।

अस्पतालका मेसु डा.थापाले कोभिड–१९ संक्रमितिको उपचारमा खटेका स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर बिग्रुपले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले आफुहरुको मनोबल बढेको बताउदै सहकार्य र सहयोगको निरन्तरताको लागि अस्पताल आभारी रहेको बताए ।

सो अवसरमा अस्पताल विकास समितिका सदस्यद्वय कृष्णप्रसाद श्रेष्ठ, धनराम वली तथा बिग्रुपका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ मंसिर २५ गते बिहीबार
ताजा समाचार