२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा बुधवार ११ जना मात्र डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा बुधवार ११ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका ४ पुरुष र ७ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ४ हजार १० पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका १ सय ४९ जना रहेका छन् ।

हालसम्म बाँकेमा ४ हजार २ सय जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ४१ जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ पुस १ गते बुधबार
ताजा समाचार