२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा बुधवार आठ जना घर गए



नेपालगञ्ज : बाँकेमा बुधवार ८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका ५ पुरुष र ३ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ८ सय ७४ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका १ सय ६३ जना रहेका छन् ।

हालसम्म बाँकेमा ४ हजार ७६ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३९ जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ मंसिर २४ गते बुधबार
ताजा समाचार