२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोरोनाबाट बाँकेमा दुई जनाको ज्यान गयो



नेपालगञ्ज : बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । कैलाली र कन्चनपुरका एकएक जनाको कोरोनाबाट मृत्यु भएको हो ।

कञ्चनपुरको बेलौरी ९ का ४५ बर्षीय पुरुषको बुधवार राती र कैलालीको जमुनी २ का ६७ वर्षीय पुरुषको बिहीवार बिहान नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसंगै बाँकेमा कोरोनाबाट १ सय ६ जनाको मृत्यु भएको छ । त्यसमध्ये बाँकेका ४० जना र बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ६६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ मंसिर २५ गते बिहीबार
ताजा समाचार