२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोरोनाका कारण बाँकेमा थप एकको मृत्यु



नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोहलपुर नगरपालिका २ का ७४ वर्षीय बृद्धको बुधवार राती २ बजे मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मंसीर ६ गते अस्पताल भर्ना भएका ति पुरुषमा कोरोना संक्रमण देखिएको थियो । रोगको प्रकृति अनुसार सबै उपचार विधि अपनाउँदासमेत उनको स्वास्थ्यमा सुधार नआएपछि उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

योसँगै कोरोना संक्रमणबाट बाँकेमा ज्यान गुमाउनेको सँख्या ३९ पुगेको छ ।

प्रकाशित मिति : २०७७ मंसिर १८ गते बिहीबार
ताजा समाचार