२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोरोनाका कारण बाँकेमा थप दुई जनाको मृत्यु



नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । संक्रमणबाट बर्दिया र दाङका एकएक जना पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको हो ।

बर्दियाको गुलरिया नगरपालिका वडा नं. ७ का ७२ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शुक्रवार राती सवा २ बजे मृत्यु भएको छ ।

यस्तै दाङको तुलसीपुर वडा नम्बर १८ का ७० बर्षीय पुरुषको शनिवार विहान पौने ७ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ६१ जनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०७७ मंसिर २० गते शनिबार
ताजा समाचार