२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा सोमवार ३३ जना डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा सोमवार ३३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १९ पुरुष र १४ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ९२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

हालसम्म ३ हजार ४ सय १ जनामा संक्रमण देखिएको छ भने कोरोनाबाट निको हुने दर ९० दशमलव ६५ प्रतिशत रहेको छ ।

अब आइसोलेशनमा बाँकेका २ सय ८४ र अन्य जिल्लाका २२ गरी ३ सय ६ जना छन् । कोरोनाका कारण बाँकेमा ३५ जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ कात्तिक २४ गते सोमबार
ताजा समाचार