२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा शुक्रवार ४४ जना कोरोनामुक्त



नेपालगञ्ज : बाँकेमा शुक्रवार ४४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १८ पुरुष र २६ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार २ सय ३८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

हालसम्म ३ हजार ५ सय २२ जनामा संक्रमण देखिएको छ भने कोरोनाबाट निको हुने दर ९१ दशमलव ९४ प्रतिशत रहेको छ ।

अब आइसोलेशनमा बाँकेका २ सय ४८ र अन्य जिल्लाका २५ गरी २ सय ७३ जना छन् । कोरोनाका कारण बाँकेमा ३५ जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ कात्तिक २८ गते शुक्रबार
ताजा समाचार