२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा बुधवार २१ जना डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा बुधवार २१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १२ पुरुष र ९ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ५० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

हालसम्म ३ हजार ४ सय ४८ जनामा संक्रमण देखिएको छ भने कोरोनाबाट निको हुने दर ९१ दशमलव ३६ प्रतिशत रहेको छ ।

अब आइसोलेशनमा बाँकेका २ सय ६३ र अन्य जिल्लाका २१ गरी २ सय ८४ जना छन् । कोरोनाका कारण बाँकेमा ३५ जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ कात्तिक २६ गते बुधबार
ताजा समाचार