२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

भेरीको परीक्षणमा ४२ संक्रमित थपिए



नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १४ सहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ३२ जनाको नमुना परीक्षण गर्दा बाँकेका १४ सहित ४२ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म प्राप्त ४९ हजार ३ सय ५९ जनाको नमुना परीक्षण गर्दा ४ हजार ४ सय २५ जनामा संक्रमण भेटिएको अस्पतालले बिहीवार जारी गरेको सूचनामा उल्लेख छ । कोरोना संक्रमणबाट बाँकेमा ३८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ मंसिर ११ गते बिहीबार
ताजा समाचार