२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

भेरीको परीक्षणमा ३६ संक्रमित थपिए



नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा शुक्रवार ३६ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालद्वारा दिउँसो जारी विवरणअनुसार बाँकेका १३ सहित ३६ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ सय ३० जनाको परीक्षण गर्दा बाँकेका १३, बर्दियाका १४, दैलेखका ३, दाङका २ तथा जुम्ला, रोल्पा र कैलालीका एकएक जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

अस्पतालको प्रयोगशालामा हालसम्म ४७ हजार ३ सय १६ जनाको नमुना परीक्षण गरिएकोमा शुक्रवारसम्म ३ हजार ८ सय ३० जनामा कोरोना देखिएको अस्पतालको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ कात्तिक २१ गते शुक्रबार
ताजा समाचार