२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

भेरीको परीक्षणमा बाँकेका सात संक्रमित थपिए



नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जले गरेको पिसिआर परीक्षणमा बाँकेका ७ सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५० जनाको परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये बर्दिया र दाङका दुईदुई जनामा कोरोना देखिएको भेरी अस्पतालले मंगलवार जारी गरेको विवरणमा उल्लेख छ । हालसम्म प्राप्त ४९ हजार १ सय २६ नमुनाको परीक्षण गर्दा ४ हजार ३ सय ५० जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७७ मंसिर ९ गते मंगलबार
ताजा समाचार