२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा बुधवार २३ जना डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा बुधवार २३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १६ पुरुष र ७ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ८१ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

अब आइसोलेशनमा बाँकेका १ सय ५४ र अन्य जिल्लाका ५४ गरी २ सय ८ जना रहेका छन् । हालसम्म बाँकेमा ३ हजार ७ सय ७३ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३८ जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ मंसिर १० गते बुधबार
ताजा समाचार