२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा थप ६० जना घर फर्के



नेपालगञ्ज : बाँकेमा आइतवार ६० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ३६ पुरुष र २४ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय ८४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बाँकेमा विरामी निको हुने दर ९१ दशमलव ६४ प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका २ सय ३२ र अन्य जिल्लाका १३ गरी २ सय ४५ जना छन् । बाँकेमा हालसम्म ३ हजार १ सय ४७ जनामा कोरोना पुष्टि भएको छ भने ३१ जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ कात्तिक १६ गते आइतबार
ताजा समाचार