२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा थप ४४ जना डिस्चार्ज भई घर फर्के



नेपालगञ्ज : बाँकेमा सोमवार ४४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २९ पुरुष र १५ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ९ सय २८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बाँकेमा विरामी निको हुने दर ९२ दशमलव ४२ प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका २ सय ७ र अन्य जिल्लाका १३ गरी २ सय २० जना छन् । बाँकेमा हालसम्म ३ हजार १ सय ६८ जनामा कोरोना पुष्टि भएको छ भने ३३ जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ कात्तिक १७ गते सोमबार
ताजा समाचार