२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

पूर्व सभामुख महरालाई पत्नी वियोग




काठमाण्डौं : पूर्व सभामुख कृष्णबहादुर महराको धर्मपत्नीको निधन भएको छ । बुधबार (आज) विहान साढे ६ बजेतिर पूर्व सभामुख महराकी पत्नी  सीता महराको निधन भएको हो ।

निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि सीतालाई गत शुक्रबार हेलिकप्टर चार्टर गरि काठमाडौं लगिएको थियो । काठमाडौंस्थित नर्भिक हस्पीटलमा उपचारकै क्रममा सिताको निधन भएको हो ।

नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभ समेत देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६ः२५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सीता विगत १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन् । ५९ वर्षिय सीताको निधनमा नेकपामा आवद्ध नेता कार्यकर्ताहरुले दुख ब्यक्त गरेका छन । फोटो : समाजिक सञ्जालबाट

 

प्रकाशित मिति : २०७७ कात्तिक १९ गते बुधबार
ताजा समाचार