२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

दाङकी कोरोना संक्रमितको बाँकेमा मृत्यु



नेपालगञ्ज : कोरोना संक्रमित दाङकी एक महिलाको बाँकेमा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० की ६५ वर्षीया महिलाको मंगलवार दिउँसो १ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि सोमवार अस्पताल भर्ना भएकी उनमा सोही दिन कोरोना पुष्टि भएको थियो । योसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ कात्तिक १८ गते मंगलबार
ताजा समाचार