२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा मंगलवार ५६ जना घर फर्के



नेपालगञ्ज : बाँकेमा मंगलवार ५६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ३२ पुरुष र २४ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ३ सय ७४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

अब आइसोलेशनमा बाँकेका १ सय ९१ र अन्य जिल्लाका ३३ गरी २ सय २४ जना रहेका छन् । हालसम्म बाँकेमा ३ हजार ६ सय १ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३६ जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ मंसिर २ गते मंगलबार
ताजा समाचार