२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँकेमा मंगलवार ३७ जना कोरोनामुक्त



नेपालगञ्ज : बाँकेमा मंगलवार ३७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २३ पुरुष र १४ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय २९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

हालसम्म ३ हजार ४ सय ३६ जनामा संक्रमण देखिएको छ भने कोरोनाबाट निको हुने दर ९१ दशमलव १७ प्रतिशत रहेको छ ।

अब आइसोलेशनमा बाँकेका २ सय ७२ र अन्य जिल्लाका २३ गरी २ सय ९५ जना छन् । कोरोनाका कारण बाँकेमा ३५ जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ कात्तिक २५ गते मंगलबार
ताजा समाचार