२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा मंगलवार २८ जना डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा मंगलवार २८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १५ पुरुष र १३ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ५८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

अब आइसोलेशनमा बाँकेका १ सय ५१ र अन्य जिल्लाका ५४ गरी २ सय ५ जना रहेका छन् । हालसम्म बाँकेमा ३ हजार ७ सय ४७ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३८ जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ मंसिर ९ गते मंगलबार
ताजा समाचार