२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

६० वर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु




नेपालगञ्ज  : बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । शनिबार साँझ नेपालगञ्ज–१२ का ६० वर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला कोरोना फोकल पर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार शनिबार साँझ करिब ५ बजे स्थायी ठेगाना बासी गाउपालिका–९ दैलेख घर भई विगत १९ वर्षदेखि नेपालगञ्ज –१२ कोरियनपुरमा बस्दै आएका ६० वर्षिय पुरुषको मृत्यु भएसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको हो ।

मधुमेह, उच्च रक्तचाप, र मुटुरोगबाट ग्रशित रहेका ती व्यक्तिमा असोज १५ गते कोरोना संक्रमण देखिएको र उनको भेरी अस्पतालमा उपचार भईरहेको थियो । उनलाई रेमडिसिभर, सिपिएपिलगायतको उपचार प्रयोग गरिएको थियो ।

यता कोरोना भाइरस संक्रमणबाट देशभरमा ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा ८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट हालसम्म देशभरमा ज्यान गुमाउनेको संख्या ५ सय २८ पुगेको छ ।

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिबार
ताजा समाचार