२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा ५२ जना कोरोनामुक्त भई घर फर्के



नेपालगञ्ज : बाँकेमा बुधवार ५२ जना कोरोना जितेर घर फर्केका छन् । विभिन्न आइसोलेशनमा रहेका ३१ पुरुष र २१ जना महिला कोरोनामुक्त भई घर फर्केका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई घर फर्कनेको संख्या २ हजार २ सय २७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

अब आइसोलेशनमा बाँकेका ५ सय ४७ र अन्य जिल्लाका १६ गरी ५ सय ६३ जना छन् । बाँकेमा हालसम्म २ हजार ८ सय ३ जनामा कोरोना पुष्टि भएको छ भने २९ जनाको मृत्युु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ कात्तिक ५ गते बुधबार
ताजा समाचार