२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा कोरोनाका सिकिस्त विरामीको संख्यामा बृद्धि



नेपालगञ्ज : बाँकेमा कोरोनाका सिकिस्त विरामीको संख्यामा बृद्धि हुँदै गएको छ । जिल्लामा अहिले २४ जना सिकिस्त विरामीको उपचार भईरहेको छ ।

भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १२/१२ जना सिकिस्त विरामीको उपचार भईरहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार भेरीमा ५४ जना मध्यम र १ जना सामान्य विरामी उपचाररत छन् भने मेडिकल कलेजमा ३६ जना मध्यम र २६ जना सामान्य विरामीको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहीबार
ताजा समाचार