२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

दुईजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु



कोहलपुर (बाँके)  : कोरोना संक्रमणको कारण बाँकेमा बिहीबार दुई जनाको ज्यान गएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विहीबार उपचा गराई रहेका कोरोना संक्रमित नेपालगञ्ज उप–महानगरपालिका–४ का ५२ वर्र्षिय पुरुष र सुर्खेत भेरीगंगा नगरपालिका–८ का ७५ वर्र्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला कोरोना फोकल पर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्ज–४ का पुरुष असोज १० गते कोरोना परीक्षणका लागि स्वाव दिएको र १२ गते उनको रिपोर्ट पोजेटिभ आएपछि सोहीदिन कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

उनलाई रेमडिसिभिर औषधि समेत दिई उपचार गर्दा पनि उनको विहीबार विहान साढे पाँच बजे मृत्यु भएको हो । उनको बिहीबार बिहान उपचारकै क्रममा मृत्यु भएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक डा दिनेश श्रेष्ठले जानकारी दिए । मृतकको दुवै फोक्सोमा निमोनिया भएको थियो ।

यसैगरी शारिरिक रुपमा घाइते भएर उपचारका लागि अस्पताल ल्याइएकी सुर्खेत भेरीगंगा नगरपालिकाकी महिलालाई कोरोना संक्रमण देखिएपछि उपचारको लागि अस्पताल भर्ना भएकी उनको उपचारको क्रममा बिहीबार बिहान १ बजे मृत्यु भएको छ ।

गत असोज ६ गते अस्पताल भर्ना भएकी उनको कोरोना परीक्षण गर्दा ८ गते रिर्पोट पोजेटिभ आएको थियो । तत्काल उनलाई कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको  उनी दम र मृगौला रोगबाट पीडित थिइन् । उनको असोज १२ गते मृगौलाको डाइलासिस समेत गरिएको थियो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । भने बाहिरी जिल्लाबाट आइ भर्ना भएर उपचारका क्रममा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

 

 

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहीबार
ताजा समाचार