नेपालगञ्ज : कोरोना संक्रमणका कारण भेरी अस्पतालमा उपचारारत एक महिलाको मृत्यु भएको छ । दाङको घोराही नगरपालिका वडा नं. १५ निवासी ३५ बर्षिया महिलाको उपचारको क्रममा ज्यान गएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट यहि असोज १७ गते उनको स्वाव परिक्षणका लागि संकलन गरिएको थियो । १८ गते उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई भेरी अस्पतालको कोभिड १९ युनिटमा पठाईएको थियो ।
उनलाई सिपिएपि, रेमडिसिभिर र सिपिआर लगायतका सबै प्रकारका उपचार पद्धती प्रयोग गरिएको भए पनि स्वास्थ्यमा सुधार आउन नसकेपछि बुधबार दिउसो ३ बजे उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।
यी महिलाको मृत्युसंगै बाहिरी जिल्लाबाट आएर उपचार गरिहेकाहरु मर्नेको संख्या १० पुगेको छ । भने बाँकेका मात्र २१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन ।