बाटो नहुँदा भारतबाट आउजाउ गर्नुपर्ने बाध्यता

सदरलाइन संवाददाता २६ माघ २०८०, शुक्रबार १८:१०
 

बर्दिया : बर्दिया गुलरिया नगरपालिका–८ बागेश्वरी टोलकी भिमा पुनले बारीमा उत्पादन गरेको तरकारी बेच्न भारतीय बाटो हुँदै गुलरिया आउँदा टेम्पो सहित भारतीय प्रहरीले नियन्त्रणमा लियो । दुई साता अघि उनले ५ हजार भारु भारतीय प्रहरीले नाजायज रकम असुल्दै छाड्यो ।

उनीसँग ५ हजारको तरकारी पनि थिएन । भारतीय बाटो भएर नेपाल आउँदा भारतीय प्रहरीको सास्ती भोग्नु परेको बताईन् ।

उनी जस्तै हिमबहादुर पुनलाई भारतीय प्रहरीले नेपालबाट कृषि उपज सामान लिएर किन आएको भन्दै लछारपछार गरे । उनले कृषि उपज सामान सदरमुकाम गुलरिया लगेर बिक्री गर्ने उद्देश्यले लैजाँदा निकै बहसपछि पक्राउ गरि भारतीय प्रहरी चौकी मूर्तिहा लगेको बताए । भारतीय प्रहरीले निकै यातना दिँदै १ लाख भारु नदिए कारागार पठाउने धम्की दिएको उनले बताए । पछि १ लाख रुपैयाँ जोहो गरि भारतीय प्रहरीलाई बुझाई छाडेको पुनले गुनासो पोखे ।

भारतीय प्रहरीको धम्कीले भारत जान छाडेको उनले गुनासो पोखे । भिमा र हिम जस्तै दर्जनौं नेपाली किसान आफ्नै मुलुक हुँदै सदरमुकाम गुलरिया जान भारतीय सीमा भएर जानुपर्ने बाध्यता छ ।


बागेश्वरी टोल हुँदै हुलाकी सडक जोड्ने ३० मिटर सडकका लागि स्थानीय तीनजनाको जमिन पर्छ । त्यो जमिन उनीहरुले सडकका लागि नदिँदा भारतीय सडक प्रयोग गर्न बाध्य रहेको स्थानीय पुना घर्ती मगरले बताइन् । २०६० सालमा तात्कालीन माओवादी विद्रोहीको त्रासले विस्थापित भई बर्दियाको गुलरियास्थित नेपाल भारत सीमानामा ३५ घर परिवारले सस्तो मुल्यमा जग्गा खरिद गरे ।

त्यसबेला सडक बन्ने आशा अहिले निराशामा परिणत भएको हिम बहादुर पुनले बताए । ‘निर्वाचनको समय जनप्रतिनिधिले जग्गा खरिद गरेर बाटो बनाउने आश्वासन दिए,’ उनले भने’ निर्वाचित जनप्रतिनिधिले अहिले वास्ता गर्दैनन् ।, सबैले अहिले पनि आश्वासन दिने गरेपनि सडक खुलाउन कतैबाट पहल नभएको उनको गुनासो छ ।

सीमासँग जोडिएको गाउँमा अटोदेखि एम्बुलेन्स जाने सडक छैन । भारतीय सीमा घना जंगल भएकोले अर्को तीर वन्यजन्तुको त्रास रहेको उनीहरुले बताए । यस सम्बन्धमा गुलरिया–८ का वडा अध्यक्ष धर्मेन्द्र बानियाँले सम्बन्धित जग्गा धनीसँग वार्ता भईरहेको जनाए । समस्याको समाधानका लागि जग्गाधनीसँग छलफल भईरहेको छ,’उनले भने,‘चाँडै समस्याको समाधान हुने विश्वास लिएका छौं । बागेश्वरी टोल तरकारी र केराको उत्पादन बढी हुनेगर्छ । सडक निर्माण भए सहज ढंगले सदरमुकाम गुलरिया लगेर बिक्री हुने थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रनिङ्ग शिल्डको तयारी पुरा

२६ माघ २०८०, शुक्रबार १८:१०
नेपालगञ्ज :  बाँकेमा आयोजना हुने १५ औ जिल्ला स्तरिय राष्ट्रपति कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ । जिल्ला खेलकुद विकास समिति बाँकेको आयोजनामा हुने सो प्रतियोगितामा बाँकेका डुडुवा गाउपालिका बाहेक ७ वटा पालिकाका १ हजार खेलाडि, खेलशिक्षक लगायतको सहभागिता रहने बताईएको छ । सो प्रतियोगितामा भलिवल, […]