सदरलाइनडटकम,
दाङ : माटोको ढिस्कोले पुरिएर शनिवार दाङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका ४ दोलाई खोला निवासी ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीना चौधरी र १२ वर्षीया रोजिना चौधरीको ढिस्कोले पुरिँदा मृत्यु भएको हो ।
दशैँमा घर लिप्ने माटो खन्न गएका उनीहरू माटो खन्दै गर्दा ढिस्कोले पुरेको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले मृतक तीनै जना एउटै घर परिवारका भएको बताए । श्यामकुमारी र मीना नन्दभाउजु हुन् भने रेजिना भतिजी रहेको प्रहरीले जनाएको छ ।
