बाँकेमा थप २९ जना डिस्चार्ज

सदरलाइन संवाददाता २२ आश्विन २०७७, बिहीबार ०८:३७
 

नेपालगञ्ज : बाँकेमा थप २९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १३ महिला १६ पुरुष गरी २९ जना बिहीवार डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७ सय ३८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


अब आइसोलेशनमा अन्य जिल्लाका १८ गरी ५ सय २५ जना छन् । बाँकेमा हालसम्म २ हजार २ सय ३८ जनामा कोरोना पुष्टि भएको छ भने २२ जनाको मृत्युु भइसकेको छ ।

Next Post

भेरीको परीक्षणमा ३२ संक्रमित थपिए

२२ आश्विन २०७७, बिहीबार ०८:३७
नेपालगञ्ज : बाँकेका २३ सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका २३ र अन्य जिल्लाका ९ गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालले बुधवार बेलुका सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ सय १ जनाको कोरोना परीक्षण गरिएकोमा ३२ […]