नेपालगञ्ज : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङको राप्ती गाउँपालिका वडा नं. १ का ६५ पुरुषको बिहीवार दिउँसो ३ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।
योसँगै अन्य जिल्लाबाट कोरानाको उपचार गराउन बाँके आएका १६ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।