बर्दियामा पौडी खेल्दा डुबेर किशोरको मृत्यु

सदरलाइन संवाददाता १९ जेष्ठ २०८०, शुक्रबार १३:५०
 

बर्दिया : बढैयाताल गाउँपालिका—१ ठूलो डाँफेका १५ वर्षीय किशोरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बिहीबार राति पौडी खेल्ने क्रममा बेपत्ता भएको जानकारी पाउना साथ प्रहरीले खोजी गर्ने क्रममा शुक्रबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुदीपराज शाहीले डुबेर मृत्यु हुनेमा सोही ठाउँका १५ वर्षीय जनक विक रहेको जनाए । प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले विकको शव फेला पारेको उनले जनाए । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चालकको दृष्टि चेकजाँच

१९ जेष्ठ २०८०, शुक्रबार १३:५०
दाङ : दाङको देउखुरीमा चालकको दृष्टि चेकजाँच गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीको आग्रहमा लमही आँखा अस्पतालका चिकित्सक तथा प्राबिधिक पुगेर दर्जनौं चालकहरुका दृष्टि चेकजाँच गरिएको हो । ‘चालकको दृष्टि कस्तो छ ? र उनीहरुको प्रेसर कस्तो छ भनेर चेकजाँच गर्ने काम भएको हो,’ दाङका ट्राफिक प्रमुख किरण […]