मोटरसाइकल दुर्घटना हुँदा नेपालगञ्जमा एक जनाको ज्यान गयो

सदरलाइन संवाददाता १२ आश्विन २०७९, बुधबार १३:४०
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१५ भन्सार गेटको ब्यारियरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षीय सन्दिपकुमार साहु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको हो ।


घाइते भएका मोटरसाइकलमा पछाडी सवार २२ वर्षीय पृथ्वी राजपुलको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नेपालगञ्जबाट रुपईडिहातर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल मंगलवार राती पौने ११ बजे अनियन्त्रित भइ भन्सार गेटको ब्यारियरमा ठोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घोराही उपमहानगरको निर्माणाधिन भवन अलपत्र

१२ आश्विन २०७९, बुधबार १३:४०
नेपालगञ्ज : घोराही उपमहानगरपालिकाको निर्माणाधीन नयाँ भवन एकदेखि वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीले काम अघि नबढाएपछि उपमहानगरको भवन निर्माणमा ढिलाइ भएको हो । २० करोड लागतमा निर्माण हुन लागेको पाँच तले भवन दुई वर्षभित्रै सम्पन्न गर्ने गरी २०७८ वैशाख ६ गते सम्झौता भएको थियो । गौरी–पार्वती÷भुसाल बस्नेत जेभीले निर्माणको […]